• २०८१ भदौ २३ आइतबार

रौतहटमा चार लाख बढी अबैध रुपैयासहित भारतीय नागरिक पक्राउ

kharibot

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४ लाख भन्दा बढी अबैध रुपैया सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका २ भन्सार ईलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल,  र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको विआर ३० एसी ७९१४ नम्बरको मोटरसाईकल चेक जाँच गर्दा मोटरसाईकलको भाईजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैया बरामद भएको हो ।

मोटरसाईकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मा लाई श्रोत नखुलेको नेपाली रुपैया चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटर साईकल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

पक्राउ परेका वर्मालाई आबश्यक कार्बाहीको लागि बरामद रुपैया र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय गौरमा रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै