• २०८१ कार्तिक २ शुक्रबार

सुनको मुल्य एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै