• २०८१ भदौ २३ आइतबार

बुटवल–पाल्पा सडक भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिदै

kharibot

बुटवल।  बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ ।

उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै