• २०८१ कार्तिक २ शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

kharibot

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै