• २०८१ भदौ २३ आइतबार

नक्कली नोटसहित एक जना पक्राउ

kharibot

बारा । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै