काठमाडौं । नेपालमा हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा उल्लेख गरेको हो ।
अघिल्लो वर्ष २०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको राष्ट्र बैंकले जनाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।