• २०८१ भदौ २३ आइतबार

युलिया नाभाल्न्यालाई पक्राउ गर्न रुसी अदालतको आदेश

kharibot

मस्को । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उनी देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उनका प्रवक्तालाई उद्धृत गर्दै सिएनएनले जानकारी गराएको छ ।

मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्ठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

नावाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा समावेश गरिएको रूसी सञ्चारमाध्यम आरआईए नोभोस्तीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई थप हिरासतमा राख्न रूसको अनुसन्धान समितिको अनुरोधलाई अनुमति दिएको छ । विज्ञप्तिमा नजरबन्दको अवधि रूसी क्षेत्रमा सम्भावित उनको नजरबन्दबाट गणना गरिनेछ । यद्यपी नाभाल्न्या भने अहिले रूसभन्दा बाहिर बस्दै आएका छन् ।

चरमपन्थी समुदायलाई उक्साएको, तथा वित्त पोषण गरेको विभिन्न अपराधमा दोषी ठहर गरेपछि १९ वर्षको सजाय भोगिरहेका नाभाल्नीको साइबेरियाको जेलमा गत फेब्रुअरी १६ मृत्यु भएको थियो ।

उनलाईँ पहिले नै अपराध र अन्य अभियोगमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको सजाय भएको थियो । उनले भने आरोपहरू अस्वीकार गरेको थियो र यसलाई राजनीतिबाट प्रेरित पनि भनिएको थियो ।

उच्च–प्रोफाइलका रूसका विपक्षी नेता नाभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै वर्षौँ बिताएको थियो । उनको मृत्यु मार्च १५ मा सुरु हुने रूसको राष्ट्रपतीय चुनावको केही हप्ता अघि भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै