• २०८१ भदौ २३ आइतबार

नेपाली महिला क्रिकेट टिमको श्रीलंकामा लगातार दोस्रो हार

kharibot

काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । बुधबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको श्रीलंकाको टिमले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नेपाली महिला क्रिकेट टिमले पहिलो ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

यस अघि मंगलबार सम्पन्न पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । 

यो जितपछि श्रीलंकाको टिम ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज पनि जितेको छ । अब सिरिजको अन्तिम खेल जुलाई १६ मा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै