• २०८१ भदौ २३ आइतबार

काठमाडौँको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

kharibot

काठमाडौँ ।  काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त नयाँ बानेश्वरबाट  खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ र ‍६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै