• २०८१ असोज १९ शनिबार

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

kharibot

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० स्वर्ण तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

सो अवसरमा पेरिस ओलम्पिक– २०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै