• २०८१ असार २३ आइतबार

निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

kharibot

फाइल तस्बीर

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

विहिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो । 

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी  छलफल गरिएको थियो । सो क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाइ गर्ने सभापति जबराले बताए ।

प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै