• २०८१ असार २३ आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै झापामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै