• २०८१ असार २३ आइतबार

प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने

kharibot

काठमाडौँ । इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई बर्षको सम्झौता गरेको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।

क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउदा दिनमा आफुले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए । उनले इङलिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउदै मिलेर त्यो लक्ष्य पुरा गर्ने बताएका छन् ।

२०२२ को मे २३ मा नेदरल्याण्डसको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका टेन ह्यागले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन् ।

उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा २०२२-२३ मा इपिएल कप जिताएका छन् ।
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै