• २०८१ असार २१ शुक्रबार

नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।

योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै