• २०८१ असार ११ मंगलबार

विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा

kharibot

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराती सम्पन्न खेलमा नेपाल र यमनले २-२ को बराबरी खेलेका हुन् ।

नेपालका लागि सन्जीब विष्ट र जिलेस्पी जग कार्कीले एक एक गोल गरेका थिए ।

त्यस्तै यमनका लागि नासिर अल गहवाशी र मोह,अद अब्दुल्लाह अल दाहिले एक एक गोल गरेका थिए ।  

साथै यो खेलमा नेपालका गोलकिपर किरण लिम्बुले आफ्नो सयौं खेल खेलेका छन् । उनी नेपालका लागि सर्बाधिक अन्तराष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

समुह एचमा रहेको नेपालले यो बराबरीसँगै २०२६ को विश्वकप छनौटमा एक अंक हासिल गर्दै समाप्त गरेको छ । नेपालले ६ खेलमा ५ हार र एक बराबरी खेलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै