• २०८१ असोज १३ आइतबार

ओखलढुंगामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

kharibot

ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिदा एक जनाको मृत्यु भएको छ ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै