• २०८१ असोज १३ आइतबार

पेरुमाथि क्यानडाको जित

kharibot

काठमाडौँ । क्यानडाले जारी कोपा अमेरिका अन्तर्गत पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । यस खेलमा खेलको ५९औं मिनेटमा पेरुका मिगुएल अराउजोले रातो कार्ड पाएपछि पेरु १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि क्यानडाको २ खेलमा ३ अंक भएको छ भने पेरुको २ खेलमा एक अंक रहेको छ ।

अब क्यानडाले अर्को खेल जुन ३० मा चिलीसँग खेल्ने छ भने सोहि दिन पेरुले अर्जेन्टिनाको सामना गर्ने छ ।

यस खेलमा अत्यधिक गर्मीका कारण पहिलो हाफमा लाइन्सम्यान ढलेका थिए । लाइन्सम्यान हम्बेर्टो पानजोज बढी गर्मीका कारण ढलेपछि उनलाई तुरुन्तै अस्पताल लागिएको थियो । उनको स्वास्थ्य अवस्थाको बारेमा अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै