• २०८१ असार १३ बिहीबार

कटहरियाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई बिशेष प्राथमिकता

kharibot

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राण्गणमा आयोजित एक भब्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानिय तहमध्ये यो आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।

कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौ बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैया ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ ।

कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिईने भनिएको छ । यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाईने ,कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्रि बितरणको ब्यवस्था गरिने छ। 

पशुपन्छी ,मत्स्य, पालन भुमी ब्यब्स्था तथा सहकारी ,पर्यटन तथा संस्कृतिमा स्थानिय पर्यटन,उध्योग बाणिज्य तथा बित्तिय र समाजिक बिकास तर्फ जोड दिइएको छ। शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठन पाठनमा लाग्ने शुल्कमा  क्याम्पसलाई विशेष अनुदानको ब्यब्स्था समेत मिलाईएको छ।

नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिदै नगर भित्र निशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने  भएको छ । यसैगरी स्वच्छ खानेपानीको लागी संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत स्वचछ शहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताईएको छ।सभामा लैङिक समानता तथा सामाजिक समाबेसिकरण समेत समेटिएको छ।

पुर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल,सिचाई तथा नदि नियन्त्रण , भवन तथा शहरी विकास,सन्चार,उर्जा समेत समेटिएको  छ।  वातावरण  तथा बिपद व्यब्स्थापन तर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह  र बित्तिय व्यब्स्थापन लगायतका कार्यक्रमहरु समावेस गरिएको छ।

मेयर अजय प्रकास जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, लगायतको सहभागिता रहेको थियो। नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै