• २०८१ असार १२ बुधबार

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयगत छलफल आजपनि

kharibot

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ ।

आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् ।

त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने र विभिन्न सांसदहरुले निम्न बमोजिम खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको संसदि सचिवालयले जानकारी दिएको छ ।

१- डा. अमरेश कुमार सिंहले "विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- सांसद बुद्धिमान तामाङले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- सांसद रोशन कार्कीले "विनियोजन विधेयक, २०८१ अर्न्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- सांसद राजेन्द्र प्रसाद लिङदेनले “विनियोजन विधेयक, २०८१ अर्न्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्" भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- सांसद ज्ञानबहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्" भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

७- ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अर्न्तगत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

८- सांसद विना लामाले “विनियोजन विधेयक, २०८१ अर्न्तगत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्" भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै