काठमाडौँ । नेपालले पहिलो बलमै बंगलादेशको विकेट लिएको छ । नेपाली बलर सोमपाल कामीले पहिलो बलमै बंगलादेशका तान्जिद हसनलाई कट एण्ड बोल्ड आउट गरेका हुन् ।
टस हारेर बंगलादेशले पहिला ब्याटिंग गरिरहेको छ ।
यो समाचार तयार गरुन्जेल पहिलो ओभरमा बंगलादेशले एक विकेट गुमाएर ३ रन बनाएको छ ।