• २०८१ असार ८ शनिबार

केट मिडलटनले भनिन्- क्यान्सरको उपचार जारी छ, स्वास्थ्य सुधार हुदैछ

kharibot

काठमाडौँ । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् ।

केटले अबको केही महिनामा केही सार्वजनिक हुने आशा पनि व्यक्त गरेकी छन् । केट मिडलटनले मार्चमा एउटा भिडियो जारी गर्दै आफू क्यान्सरका कारण केमोथेरापी लिइरहेको बताएकी थिइन् । केट गत डिसेम्बरदेखि सार्वजनिक रूपमा देखा परेकी थिइनन् । 

केटले भनेकी छन्, ‘मानिसको सन्देशबाट मलाई साहस मिलेको छ । पछिल्ला केही महिनामा मानिसहरूले मलाई समर्थन गर्दै सन्देश पठाएका छन् । यी सन्देशहरूले विलियम र मलाई धेरै साहस दिएको छ । मेरो अवस्था सुधार हुँदैछ, तर केमोथेरापीबाट गुज्रिएका जो कोहीलाई थाहा छ, केमोथेरापीका राम्रा र नराम्रा दिनहरू हुन्छन् ।
खराब दिनहरूमा तपाईं कमजोर र थकित महसुस गर्नुहुन्छ र तपाईंले आफ्नो शरीरलाई आराम गर्न आवश्यक छ । तर राम्रो दिनहरूमा तपाईं बलियो महसुस गर्नुहुन्छ र तपाईं यस समयलाई सकेसम्म बाँच्न चाहनुहुन्छ ।'

मिडलटनले गत मार्च २२ मा उनको क्यान्सरको बारेमा जानकारी दिँदै एक भिडियो सन्देश जारी गरेकी थिइन् । केटको पेटको शल्यक्रिया जनवरी २०२४ मा भएको थियो । उनी दुई साता अस्पतालमै बसकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । जसका कारण उनको स्वास्थ्यमा धेरै प्रश्न उठ्न थालेको थियो ।

जनवरीमा राजा चार्ल्सलाई पनि क्यान्सर भएको खबर बाहिर आएको थियो । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । यसपछि बकिङ्घम प्यालेसले ती लक्षणहरूको अनुसन्धानले एक प्रकारको क्यान्सर भएको पुष्टि गरेको बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै