• २०८१ असार १४ शुक्रबार

विश्व स्वास्थ्य सङ्गठन भन्छ- इजरायलको एकतर्फी युद्धविरामले गाजाको सहायता आपूर्तिमा कुनै असर पारेको छैन

kharibot

जेनेभा । इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ ।

‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रिचर्ड पिपरकर्नले बताए ।

इजरायली सेनाले सप्ताहन्तमा पूर्वी रफाहको मुख्य सडकमा लडाइँमा दैनिक मानवीय ‘विराम’ घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले केही दिनपछि यो अझै खाँचोमा परेका मानिसहरूमा पुग्ने थप सहायतामा परिणत हुन नसकेको बताएका छन् ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको आठ महिनाभन्दा बढीको युद्धले प्यालेस्टिनी क्षेत्रमा गम्भीर मानवीय अवस्था निम्त्याएको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले बारम्बार अनिकालको चेतावनी दिएको छ ।

इजरायली तथ्याङ्कको आधारमा इजरायलमा अक्टोबरमा भएको हमासको सुरुवाती आक्रमणमा एक हजार १९४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए । आतङ्वादीले ११६ जनालाई कब्जा गरी बन्धक बनाएका थिए । यसमध्ये सेनाले ४१ जनाको मृत्यु भएको बताएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको जवाफी आक्रमणमा कम्तिमा ३७ हजार ४३१ जनाको मृत्यु भएको थियो यसमा अधिकांश सर्वसाधारण रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै