• २०८१ असार ६ बिहीबार

गण्डकीको बजेट सार्बजनिक: राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको शालीकको लागि बजेट

kharibot

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।

अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गरेका छन् ।

बजेटमा सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बसेको राप्रपालाई खुशी बनाउने प्रयास गरिएको छ । बजेटमा पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालीक पुनः ठड्याउने घोषणा गरिएको छ ।

अर्थमन्त्री गुरुङले पृथ्वीचोकमा शालीक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको सालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक सालिक स्थापनाको माग गर्दै आइरहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै