• २०८१ असार ६ बिहीबार

कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।

बजेटका सात उद्देश्यहरू रहेका छन्ः

(क) तुलनात्मक लाभका क्षेत्रको पहिचान र विकास गरी प्रदेशको उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिमार्फत आर्थिक वृद्धि गर्नु,
(ख) तहगत सरकारबिचको सहकार्य एवम् निजी क्षेत्र समेतको सहभागितामा प्रदेशको अर्थतन्त्रको विकास र विस्तार गर्नु.
(ग) साधन स्रोतको सन्तुलित र समन्यायिक तवरले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरणमा जोड दिनु,
(घ) सामाजिक सशक्तीकरण, मूलप्रवाहीकरण तथा वितरणात्मक न्यायमार्फत् सामाजिक न्याय कायम गर्नु.
(ङ) शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा प्रदेशवासीको समान, सरल र सुलभ पहुँच स्थापित गर्नु,
(च) दिगो, गुणस्तरीय र वातावरणमैत्री भौतिक पूर्वाधारको विकास गर्नु. (छ) प्रदेश सरकारबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउनु ।

बजेटका सात प्राथमिकताहरू रहेका छन्: 

(क) शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, (ख) स्वस्थ, सक्षम र संस्कारयुक्त मानव संशासन विकास, (ग) उत्पादनशील र रोजगारमूलक क्षेत्रको विकास,
(घ) तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान, विकास र उपयोग,
(ङ) उपयोगी, लाभदायक र प्रतिफलयुक्त क्षेत्रमा सरकारी लगानी प्रवाह, (च) संस्थागत सुशासन कायम र सेवा प्रवाहमा सुधार,
(छ) कृषि, वन, उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी
सिर्जना ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै