• २०८१ असार ४ मंगलबार

नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो- गृहमन्त्री लामिछाने

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन् ।

उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनै पनि राम्रो काम गरेको बताउदै रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको र उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको बताए ।

उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ । तर नराम्रो नगर्दैमा पुग्ने दल हो र हाम्रो । हामीमा त कत्रो भारी छ। कत्रो अपेक्षा छ, माछै माछाका कुरा छन् यहाँ । सबैभन्दा ठूलो त यहाँ माछा छ नि त। उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छौं । हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ । अरु त सबै ठिक छ, खै त भन्ने । चिया पसलहरुमा पनि खै त सय दिन भयो खै त भन्ने छ । विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै