• २०८१ असार ४ मंगलबार

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

kharibot

काठमाडौँ ।  फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।

गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शनशुरु भए पछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ ।

घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ । यद्यपि, यो फिल्मबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस फिल्मका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् ।

फिल्म जेठ २५ गतेदेखि रिलिज भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै