काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सांसद गौतम मंगलबार बिहान आफ्ना श्रीमान गृहेन्द्र घिमिरेलाई लिएर भट्टराई निवासमा पुगेकी थिईन् ।
बाबुरामसँगको भेटमा वैकल्पीक राजनीतिको भविष्यबारे छलफल भएको बताईएको छ । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श ।’
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा हिरासतमा रहेपछि रास्वपा र बाबुरामबीच छलफल र भेटघाट भइरहन्छ । केही दिनअघि बाबुरामले पोखरा पुगेर रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । उनले रविलाई सरकारले प्रतिशोध साँधेर जेलमा राखेको आरोप लगाउदै आएका छन् ।