• २०८१ असार ४ मंगलबार

एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

kharibot

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् । निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्यक्षनै थिए ।

निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् । निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।

त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन् ।

त्यस्तै सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै