• २०८१ असार १२ बुधबार

टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

kharibot

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ ।

एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।

सिंगापुर एयरलाइन्सले भनेको छ - 'गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ ।'

गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ मा गम्भिर टर्ब्युलेन्स भएको थियो । टर्ब्युलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।  टर्ब्युलन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ ।

सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै