• २०८१ असार १५ शनिबार

गण्डकीमा विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारवाही गर्ने

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई निलम्बन गर्ने बताएका छन् ।

छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत गण्डकीका प्रदेश सभा सदस्य देवकोटालाई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

‘गण्डकीमा जसले संविधान र कानुनको मर्मविपरीत फ्लोरक्रश गरेकालाई स्वभाविक रुपमा पार्टीले ह्वीप जारी गरिसकेको थियो । ह्वीप तोड्नेलाई कारबाही हुन्छ । यो आम रुपमा बुझिएकै कुरा हो । कारबाहीको प्रक्रिया अगाडि बढ्छ, निलम्बन हुन्छ,’– उनले भने ।

नेपाल समाजवादी पार्टीका सांसद देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भइ जितेका सांसदहरुले ह्वीप मान्नुपर्ने माओवादीको अडान छ । देवकोटाले फ्लोरक्रश गरी मतदान गर्दा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै