• २०८१ असार १७ सोमबार

नाफा घटेपछि नाइकेको सेयरमा ठुलो गिरावट

kharibot

काठमाडौँ । विश्वको चर्चित फुटवोयर कम्पनी नाइकेको पछिल्लो समय सेयर मूल्यमा ठुलो गिरावट आएको छ । नाइकेले आफ्नो पहिलो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेपछि सेयर मुल्यमा ठुलो गिरावट आएको हो ।

नाइकेले अन र होका जस्ता नयाँ कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको बताएको छ । बिहीबार कारोबार सुरु भएको केही घण्टाभित्रै नाइकेको सेयर मूल्य १२ प्रतिशतभन्दा बढीले घट्यो ।

नाइकेले अघिल्लो बर्ष सोहि समयको तुलनामा २ प्रतिशत आम्दानी कम भएको जानकारी दिएको छ । कम्पनीले अघिल्लो बार्षिकमा १२.६ बिलियन आम्दानी गरेको थियो । विश्वको सबैभन्दा ठूलो स्पोर्ट्सवेयर कम्पनीले पनि चीनलगायत अन्तर्राष्ट्रिय बजारमा कम मागको सामना गरिरहेको लगानीकर्तालाई बताएको छ ।

तर पेरिसमा हुने ओलम्पिक खेलहरूमा नयाँ उत्पादनहरू र मार्केटिङ अभियानले कम्पनीलाई उपभोक्ताहरूमाझ पुन: गति दिन मद्दत गर्ने नाइकेको आशा छ । सीईओ जोन डोनाहोले भने, 'पेरिस ओलम्पिकले हाम्रो खेलकुदको दृष्टिकोणलाई विश्वमा ल्याउन मद्दत गर्नेछ ।'

कम्पनीले आर्थिक वर्ष २०२५ को आम्दानी अनुमान पनि घटाएको छ । नाइकेले प्रत्यक्ष बिक्री ८ प्रतिशतले घटने बताएको छ ।

विहिबार १२ प्रतिशतले घटेको नाइकेको शेयर मुल्य शुक्रबार पनि घटेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै