• २०८१ असार १२ बुधबार

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

kharibot

गोरखा । त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।

उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो । सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई सो डिभिजनले अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै