• २०८१ असोज १३ आइतबार

भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय

kharibot

काठमाडौं । सरकारले छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सत्ता गठबन्धनको समयमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले भारतसहित अमेरिका, बेलायत, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क, इजरायल, कतार, र दक्षिण कोरियाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै