• २०८१ असार ४ मंगलबार

किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।

कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् । कंगनालाई गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्नेक्रममा यो घटना भएको बताइएको छ ।

यो घटना बिहीबार दिउँसो भएको हो । कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छिन् । किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै