• २०८१ असार १८ मंगलबार

स्मृति इरानी पराजयन्मुख

kharibot

काठमाडौँ । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् ।

गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख ४५ हजार मत प्राप्त गरिसकेका छन् भने स्मृति इरानीले अहिलेसम्म तीन लाख १६ हजारभन्दा बढी मत पाएकी छिन् ।

यस अघि स्मृति इरानीले यसै क्षेत्रमा राहुल गान्धीलाई हराएर सनसनी मच्चाएकी थिइन् भने यस चुनावमा उनी गान्धी परिवारका एक बफादार शर्मासँग हारको नजिक पुगेकी छन् ।

अमेठीलाई गान्धी परिवारको गन्तव्य मानिन्छ । उम्मेदवारको नाम घोषणा हुनुअघि नै यस सिटबाट प्रियंका गान्धीलाई उम्मेदवार बनाउने भनिएको थियो तर त्यसो भएन ।

राहुल गान्धी सन् २००४ देखि २०१९ सम्म अमेठी सिटबाट विजयी हुँदै आएका थिए । २०१९ मा, अमेठी बाहेक, राहुल वायनाडबाट पनि चुनावी मैदानमा थिए । यस पटक वायनाड बाहेक राहुल रायबरेलीबाट पनि चुनाव लडिरहेका छन् । दुवै सिटमा राहुलले फराकिलो अग्रता लिएका छन् ।

स्मृति मात्र होइन भारतको केन्द्रीय सत्तामा महत्वपूर्ण मानिएको उत्तर प्रदेशमा विपक्षी गठबन्धनले शानदार अग्रता हासिल गरेको छ । ८० सिट रहेको उत्तर प्रदेसमा इन्डिया गठबन्धनले ४३ सिटमा अगाडी रहेको छ भने भाजपा ३६ सिटमा अगाडी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै