• २०८१ असार ४ मंगलबार

देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको सभामुखलाई ध्यानाकर्षण

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रष्ट पार्नका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् । 

उनले भने-‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन,यही संसदमा गोप्य सूचना बेच्ने मान्छे सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने ? यसको जानकारी चाहियो । र कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको गोप्य सूचना बेचियो ?’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै