• २०८१ असार ४ मंगलबार

मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्दै, क्लाउडिया विजयी

kharibot

काठमाडौँ । क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । 

मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।

मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।

शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्।

क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछन् । उनी १ अक्टुबर सम्म यो पदमा रहनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै