• २०८१ असार १२ बुधबार

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

kharibot

काठमाडौँ । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले मुख्यमन्त्री केजरीवालले निर्धारित समयमा आत्मसमर्पण गरेको जानकरी दिएकी हुन् ।

उनले केजरीवालको स्वास्थ्य राम्रो नभएको बताएकी छन् । जेल जानु अघि केजरीवालले सर्वोच्च अदालतले निर्वाचन प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका थिए । 

दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै