• २०८१ असार ४ मंगलबार

उड्न लागेको श्री एयरलाइन्सको विमान फर्काइयो

kharibot

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षण गर्नु पर्ने भएपछि जहाज फिर्ता बोलाइएको विमानस्थलले जनाएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८: २५ मा धनगढीका लागि उडान गरिसक्नु पर्ने थियो ।

विमानमा समस्या देखिए पछि एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै