• २०८१ असार १२ बुधबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै