• २०८१ असार १२ बुधबार

ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?

kharibot

काठमाडौँ । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । सजाय जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो ।

ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरिएको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाई चुप लगाउन पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी गरेक ओर्क लुकाएको र आफ्नो व्यापार रेकर्ड झूटो देखाएको आरोप लागेको थियो ।

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको उल्लेख गरेको छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन, जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै