• २०८१ असार ४ मंगलबार

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

kharibot

काठमाडौँ । उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन ।

समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको उल्लेख गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका छन् । 

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ । यसले उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गर्नेछ । यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।

यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो। त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै