• २०८१ बैशाख २० बिहीबार

ताजिकिस्तानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

kharibot

काठमाडौं । एएफसी एसियन कप छनोट फुटबलअन्तर्गत् ताजिकिस्तानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपालले आगामी मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ताजिकिस्तानसँग खेल्दैछ ।

शनिबार घोषित २३ सदस्यीय टोलीमा त्रिभुवन आर्मी क्लबका जर्जप्रिन्स कार्की पहिलोपटक राष्ट्रिय टिममा परेका छन् ।

२३ सदस्यीय नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु 

डिफेन्डर : आदित्य चौधरी, विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की र कमल श्रेष्ठ ।

मिडफिल्डर : सुनील बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन बिष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ ।

फरवार्ड : जर्ज प्रिन्स, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र भरत खवास ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले छनोट गरेको टिममा खेलाडी अनिल गुरुङ भने परेका छैनन् ।

समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको नेपालले घरेलु मैदानमा यमनसँग भने गोलरहित बराबरी खेलेको थियो ।

अंकविहीन ताजिकिस्तानलाई पराजित गरे पनि नेपालको अर्को चरणको सम्भावना भने कम छ । शीर्ष स्थानको फिलिपिन्सको ६, यमनको ४ र नेपालको १ अंक छ भने ताजिकिस्तान अंकविहीन छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै