• २०८१ असार १३ बिहीबार

राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

kharibot

काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिदै आएको छ ।

कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै