• २०८१ असार १३ बिहीबार

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

kharibot

मनहरी। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरूगरिएको बताए ।

बागमती प्रदेश राजधानी हेटौंडाबाटमा आज वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताए । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । 

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै