• २०८१ बैशाख २३ आइतबार

यसरी बन्दै छ भैरहवामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान

kharibot

फाइल तस्बिर

रुपन्देही  ।  रूपन्देही जिल्ला क्रिकेट खेल प्रेमी तथा खेलाडी हरूको बाहुल्यतार हेको क्षेत्र हो। यहाँ क्रिकेट खेल प्रेमीहरू हुनु तर राम्रो खेलमैदान नहुनु सम्पूर्णको लागी दुखको कुरा हो। 

५६ करोडको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय खेल मैदान बि.सं. २०६८ सालमा सहमति भएको थियो। सहमति भन्दा १० वर्ष पहिलादेखि जिल्ला खेलकुद बिकास समितिले पहल गरीहेको थियो। बन्न लागेको खेलमैदान १२ हजार दर्शक क्षमताको रहेको रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए । 

 तत्कालिन खेलकुद मन्त्रालयका सचिव सुसिल राणा आएर भैरहवाको मैदानको निरिक्षणगरी सर्वपक्षिय बैठक बसेर सैद्धान्तिक सहमति समेत भएको थियो। देशका ८ वटा सहरहरूमा एकै साथ बन्ने भनिएका खेल मैदानहरू मध्ये रूपन्देहीको भैरहवामा बन्दै गरेको खेल मैदान निर्माण प्रक्रिया धेरेै नै अगाडि बढिसकेको छ। 

खेल मैदानहरू काठमाण्डौ, पोखरा, भैरहवा, बिराटनगर, बिरगञ्ज, कोहलपुर र धनगढिमा खेलमैदान निर्माण गर्ने योजना अनुरूप केहीकार्य सुरु भएका छन्। तर भैरहवा र काठमाण्डौँ मा निर्माणाधिन रहेका खेलमैदानहरूमा निर्माणका कार्यहरू तिब्र बढिरहेका छन।

 यि खेल मैदानहरूमा राष्ट्रिय खेलकुद परिषदको समेत चासो रहेको मल्लले बताउँछन्।  २०६८ सालमा निर्माण प्रक्रिया सुरु भएको यस मैदान निर्माण कालागी केही कार्यहरू पुरा भएको मल्लले बताए।

हाल सम्म ५ करोडको बजेटको कार्य भईसकेको छ। यो खेलमैदान बने पछि दिवाररात्रि खेलहरू खेल्न सकिने छ। यो खेल मैदानको बृहत नक्सा डिजाईनर्स काठमाण्डौँले गरेको हो। हाल सम्म भवन निर्माण भईसकेको छ। पहिलो चरणको निर्माण प्रक्रिया अन्तरगत सन्तोष रायमाझीले ठेक्का लिएर निर्माण गरेकाछन। पहिलो चरणमा बनेको भवनमा २ टिमका खेलाडीहरू बस्ने तथा ड्रेसिङ रुम निर्माण गरीएको छ।

 त्यस भवनमा कन्फ्रेन्स हल र मञ्च समेत रहेको छ। यो भवन निर्माण २०६८ सालमा निर्माण भई २०७० सालमा निर्माण सम्पन्न भएको थियो। यो भवन निर्माण १ करोेढ १९ लाख रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो।

खेल मैदान निर्माणको दोस्रो चरणमा ८९ लाखको लागतमा मैदान सम्माने तथाघाँस रोप्ने कार्य सम्पन्न भएको छ। भोला चापागाईले ठेक्का लिएर बनाएको मैदान सम्माउने काम २०७१ सालमा सुरु भएर २०७२ सालमा सम्पन्न भएको थियो। तेस्रो चरणको प्रक्रिया अन्तरगत २०७३ सालमा ४० लाखको लागतमा मैदान वर पर तार जालि बेर्नै कार्य समेत सम्पन्न भएको छ।

 उपभोक्ता समिति निर्माण गरेर कार्य सम्पन्न भएको हो। यस्तै चालु आर्थिक वर्षमा १ करोेढको लागतमा नाला निर्माण कार्य भइरहेको छ। महेश देवले ठेक्कालिएर यो कार्य भईरहेको छ। योसंगै रूपन्देही क्रिकेट संघले आफ्नै ७ लाखको लगानीमा ३ वटा क्रिकेट पिच निमार्ण गरेका छ ।
 
यो निर्माणको लागी आवश्यक बजेट अझै अभाव देखिरहदा निर्माण अझै राम्रो गतिमा अगाडि बढ्न नसकिरहेको अध्यक्ष मल्ल बताउँछन्। यो आर्थिक वर्षको लागी १० करोड माग गरेको भएपनि खेलकुद मन्त्रालय मार्फत १ करोड मात्र बजेट आएको उनले बताए। 

मल्टी एयर टेन्डर सुरु गर्ने योजना

एउटा एउटा कामको लागी फरक फरक ब्यक्तिलाई ठेक्कादिनु पर्ने बाध्यता हटाउनको लागि मल्टी एयर टेन्डर सुरु गर्ने योजनाअनुरूप कार्य भइरहेको उनले जानकारी दिए वार्षिक फरकफरक ब्यक्तिलाई टेण्डर दिदा निर्माण हुन लागेको कुरा शुरक्षित नहुन सक्छर निर्माण पनि ढिला हुन्छ।

त्यसैले मल्टी एयर टेन्डर सुरु गर्नको लागीपहलभइरहेको छ। मल्टी एयर टेन्डर सुरु भए पश्चात बन्न लागेको खेल मैदान ५ वर्ष भित्र सकिने छ। मल्टी एयर टेन्डर अनुसार एउटा मात्रै ठेकेदारले वार्षिक बजेट थप्ने गरीकार्य हुनेछ। यसको लागी खेलकुल मन्त्रीसंग कुरा भईसकेको र यसको लागी सकारात्मक भएको अध्यक्ष मल्लले जानकारी दिए। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै