• २०८१ बैशाख १८ मंगलबार

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । 

गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् । 

रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए । 

त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक एक गोल गरेका थिए । 

पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ ।  अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै