• २०८१ बैशाख २० बिहीबार

आइपिएलको यस सिजनमा मुम्बई इण्डियन्सको पहिलो जित

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो । 

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

योजितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै