• २०८१ बैशाख १५ शनिबार

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

kharibot

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् ।

नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै