• २०८१ बैशाख १५ शनिबार

सरकारमा सँगै, उपनिर्वाचनमा आमने सामने !

kharibot

काठमाडौँ । बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् ।

नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।

त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।

भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ ।

सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेदार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले न्यूजकारखानासँग बताएका छन् । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ति नेताले बताए । 

उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै